भैरहवा पुर्याएकै दिन काठमाडौंको चर्चा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराबाट भैरहवा पुर्याएपछि काठमाडौंको चर्चा शुरु भएको छ । भैरहवापछि उनलाई काठमाडौं ल्याउनसक्ने अनुमान गरिएको छ ।
राजधानीको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनममा पनि रवि र उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया संलग्न रहेको बताइन्छ । सोही विषयमा थप अनुसन्धान गर्न रविलाई काठमाडौं झिकाउन सकिनेबारे चर्चा चलाइएको हो ।
रूपन्देहीको सरकारी वकिल कार्यालयमा लिइएको बयान आजलाई सकिएको छ । भोलि पुनः कार्यालय समयपछि लिइने प्रहरीले जनाएको छ ।
कात्तिक २ गते काठमाडौंमा पक्राउ परेपछि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई आज अपरान्ह बुद्ध एअरको उडानमा भैरहवा पुर्याइएको थियो । काठमाडौंबाट पोखरा लैजाँदा स्थलमार्ग प्रयोग गरिएको थियो ।
उनीमाथि रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा सहभागी भएको आरोप छ । सोही आरोपमा अनुसन्धान र बयानका लागि त्यहाँ लगिएको हो । पोखरामा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू