सेनाको हेलिकोप्टरबाट फास्ट ट्र्याक हेर्दै माननीयहरु
प्रतिनिधि सभाको राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाको नेतृत्वमा एउटा टोली काठमाडौं–निजगढ द्रुत मार्ग अवलोकन गर्न गएको छ । नेपाली सेनाको कल साइन एनए ०३८ एमआई १७ हेलिकोप्टरमा १९ जनाको टोली त्यता गएको बताइएको छ ।
बिहान साढे ९ बजे काठमाडौंबाट उडेको हेलिकोप्टरबाट संसदीय टोली पहिले लेनडाँडा पुग्नेछ । त्यसपछि रम्जाटार र अन्तिम बिन्दू निजगढ पुगेर काठमाडौं फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू