माननीयहरु विरुद्धको मुद्दामा सोमबार पेसी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा सभापति रवि लामिछाने पक्राउ परेपछि उक्त पार्टीका केन्द्रीय पदाधिकारीसहित कार्यकर्ताहरुले सडकमा प्रदर्शन गरेपछि मुद्दा दायर भएको हो ।
प्रदर्शनमा अदालतको अवहेलना गरिएको जिकीर गर्दै हालिएको मुद्दामा पेसी तोकिएको छ । सभापति लामिछाने र उपसभामुख इन्दिरा रानाबाहेक रास्वपाका सबै सांसदलाई विपक्षी बनाइएको निवेदक अधिवक्ता अनुपम भट्टराईले बताए ।
टिप्पणीहरू