हिरोइनविरुद्धको उजुरीमा मिलापत्रको तयारी
अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेमाथि ठगीको आरोप लागेको छ । केही व्यक्तिलाई अमेरिका लैजाने भनेर लाखौँ रकम लिएको तर नलगेको भन्दै घिमिरे दम्पतीविरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको हो ।
०७५ सालमा ‘तुलसी’ चलचित्र निर्माण गरेर अमेरिका हानिएका यो दम्पती एक महिनायता नेपालमै छन् । घिमिरे दम्पतीले बनाएको नयाँ चलचित्र ‘तेल भिसा’ मंसिर ७ गते प्रदर्शन हुदैछ । त्यसकै तयारीको लागि नेपाल आएको बेला पीडितले प्रहरीमा उजुरी दिएका हुन् ।
प्रहरीले उजुरी दिने व्यक्तिको नाम भने खुलाएको छैन । उजुरीकर्ता र घिमिरे दम्पतीलाई छलफलका लागि बोलाइएको परिसरका प्रमुख वसन्त रजौरेले जानकारी दिए । उनका अनुसार उजुरीको दावी प्रामाणित भएमा कारवाही प्रक्रिया अघि बढाइनेछ ।
टिप्पणीहरू