प्रहरीका हातमा रविको रित्तो फोन

प्रहरीका हातमा रविको रित्तो फोन
सुन्नुहोस्

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेले आफ्ना गल्तीहरु लुकाउने प्रयासस्वरुप मोबाइल फर्म्याटगरेको पाइएको छ । अनुसन्धानमा खटिएका प्रहरीमार्फत् विधिविज्ञान प्रयोगशालालाई बुझाइएको दुईवटै मोबाइलका सबै डाटा उडाएको स्रोतको दावी छ ।  त्यसो त आरोपित लामिछानेले तीन वटा मोबाइल प्रयोग गरे तापनि प्रहरीलाई कम प्रयोग गर्ने दुई मोबाइलमात्र उपलब्ध गराएको बताइन्छ । लामिछानेको यो व्यवहारले उनको चतुरपनालाई राम्रैसँग उजागर गरिदिएको छ ।

कम प्रयोग भएको मोबाइल, त्यो पनि फर्म्याट गरेर बुझाउनुले उनीमाथि लगाइएको आरोपमा दम रहेको स्रोत बताउँछ । कानुनसँग डर नभएको र लुकाउनु पर्ने कुरा नभएको अवस्थामा आफूले प्रयोग गर्ने फोनका डाटा उडाउने खाँचो नै पर्दैन । मोबाइल फर्म्याट त्यसबेला गरिन्छ जब त्यसमा भएका कुराकानी वा प्रमाण नष्ट गर्न आवश्यक हुन्छ । अन्यथा लरोतरो अवस्थामा कसैले पनि मोबाइल फर्म्याट गर्दै गर्दैन । 

लामिछानेले मोबाइल फर्म्याट गरेकाले त्यसमा भएका कुराकानी, डकुमेन्टलगायतका सामग्रीहरु रिभाइभ गर्न अनुसन्धानकर्ताहरुलाई निकै कठिन भएको बताइन्छ । उडाएको सामग्री रिभाइभ गर्ने प्रविधि नेपालमा नरहेकोले त्यसको परीक्षणका लागि विदेश पठाउनु पर्ने अवस्था छ । यसअघि एउटा मुद्दामा प्रतिवादीको मोबाइल बैङ्लोर पठाएर प्रहरीले डाटा रिभाइभ गराएको थियो ।

(साभार:जनआस्था-साप्ताहिकबाट)

 

टिप्पणीहरू