नलगाडमा ६ जनाको उम्मेदवारी, तिरवाला राप्रपा पनि मैदानमा
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा ६ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार नेपाली कांग्रेसका तर्फबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा र माओवादी केन्द्रकी देवका लामिछाने ‘शोभा’ ले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्वती पुन र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की पवित्रा जैसीले पनि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सुनिता पुन रावललाई अघि सारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने उम्मेदवारी दर्ता गराएको छैन ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपमेयर सरिता सिंहको भूकम्पमा परी निधन भएकाले यहाँ उपचुनाव हुन् लागेको हो ।
टिप्पणीहरू