प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईं पक्राउ

प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईं पक्राउ
सुन्नुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई केही बेरअघि भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । 

अहिले साइबर ब्यूरो ल्याईदै गरिएका प्रसाईंलाई विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ । प्रसाईंले हिजो कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै डिजिटल डकुमेन्ट सार्वजनिक गरेका थिए । 

अघिल्लो पटक प्रधानमन्त्री भएको बेला बिजनेश फोरममा सहभागी हुन कम्बोडिया गएका बेला ओलीले शेयर किनेको प्रसाईको दाबी छ । तर, उनले सार्वजनिक गरेका डिजिटल डकुमेन्टमा प्रधानमन्त्रीको हस्ताक्षर नै किर्ते रहेको प्रहरीहरुको दाबी छ ।  

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृको चरित्र हत्या गरेको आरोपमा प्रसाई गत असोज ६ गते पक्राउ परेका थिए । असोज १५ गते एक लाख धरौटी बुझाएर उनी छुटेका हुन् ।

टिप्पणीहरू