‘आइडल दम्पत्ति'को तीन दशक लामो वैवाहिक सम्बन्ध अन्त्य

‘आइडल दम्पत्ति'को तीन दशक लामो वैवाहिक सम्बन्ध अन्त्य
सुन्नुहोस्

भारतका एक मात्र ओस्कार विजेता गायक तथा संगीतकार एआर रेहमानले सम्बन्ध विच्छेद गरेका छन् । बिहे गरेको २९ वर्षपछि उनले श्रीमती सायरा बानूसँग अलगिने निर्णय लिएका हुन् । 

सायराकी वकिल वन्दना शाहले एक वक्तव्य जारी गर्दै सम्बन्ध विच्छेदको पुष्टि गरेकी छन् । दुबैको निजि गोपनियता ख्याल गरिदिन आग्रह गर्दै उनले भनेकी छन्, ‘मिसेस सायरा र उहाँका श्रीमान एआर रेहमानले टाढा हुने कठोर निर्णय लिनुभएको छ । भावनात्मक तनावको कारण उहाँहरुले यो निर्णय लिनुभएको हो । एकअर्कासँग असीम प्रेम हुँदा हुँदै यो कठोर निर्णय लिएको देख्दा दर्शकलाई नराम्रो लाग्न सक्छ । तर दुवै जनाको प्राइभेसी ख्याल गर्दिएर नकारात्मक टिप्पणी नगरिदिनु होला ।’

लगत्तै गायक रहमानले पनि अब साम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । उनले लेखेका छन्, ‘हरेक कुराको अन्दाज एकदिन समाप्त हुन्छ । टुटेको दिलको तौलले सायद भगवानको सिंहासन पनि हल्लिन्छ । तर सबका बाबजुद पनि सम्हालिएर अगाडि बढ्नु त छदैँ छ ।’

बलिउडमा ‘आइडल दम्पती’को रुपमा हेरिने रहमान र सायराले किन सम्बन्ध विच्छेद गरे ? कारण भने खुलेको छैन । 

५७ वर्षीय रहमान भारतमा लिजेण्ड म्युजिकसियनको रुपमा परिचित छन् । १७ सय करोडका मलिक उनले सम्बन्ध विच्छेद गर्दा श्रीमतीलाई कति दिए ? चासोको विषय बनेको छ । यस विषयमा केही खुलाइएको छैन । उनीहरूकाे तीन सन्तान छन् ।

टिप्पणीहरू