दरबारमार्ग जानुअघि शंकरले मागे सुझाव

दरबारमार्ग जानुअघि शंकरले मागे सुझाव

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राम्रो काम गर्दा पनि जस नपाएको गुनासो गरेका छन् । 

सरकारमा बसेर सडक संघर्षको उल्टो बाटो समातेका उनले आफ्नो पार्टीविरुद्ध प्रायोजित रुपमा षड्यन्त्र र भ्रम फैलाउने काम भइरहेको भन्दै गुनासो पोखेका हुन् । 

पोखरेलले आज दिउँसो दरबार मार्गमा 'जागरण सभा'लाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ जानुअघि उनले सामाजिक सञ्जालबाट ९ वटा प्रश्न गर्दै सुझाव पनि मागेका छन् । 

‘एमाले र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कूप्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ?’ उनको प्रश्न छ । कमीकमजोरी भए सुझाव दिन आग्रह गर्दै भनेका छन्, ‘अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गरौं ।’

महासविच पोखरेलले बिआरआई परियाेजना लक्षित अर्को प्रश्न सोधेका छन्, ‘नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुबाट सहुलितपूर्ण ऋण सहायता लिनु के ग़लत हो ?’
 

टिप्पणीहरू