दुर्गा प्रसाईं भित्रै, समर्थक निस्किए

दुर्गा प्रसाईं भित्रै, समर्थक निस्किए
सुन्नुहोस्

समाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका समर्थकहरु रिहा भएका छन् । मङ्सिर ४ गते पक्राउ परेका उनीहरुलाई ११ दिनपछि आज जिल्ला प्रशासन कार्यालय भक्तपुरले धरौटीमा छोडेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईं समातिएकै दिन 'नागरिक बचाऊ अभियान' का ओम प्रकाश लुइंटेल, राजु रानाभाट, देवी संग्रौला, सुदिप नेपाल, बल बहादुर तामाङ्ग, रमेश कुमार परियार, विश्वास सुवेदी, माधव पौडेल र तुलसीबहादुर विश्वकर्मालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको थियो । आज तारेखमा उपस्थित हुने कागजमा हस्ताक्षर गरेर उनीहरु रिहा भएको प्रशासन कार्यालयले जनाएको छ ।   

प्रसाईं भने प्रहरी हिरासतमै छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा समातिएका उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले आज फेरि अनुमति दिएको छ ।

टिप्पणीहरू