मौन अवधिमा पैसा बाँड्दा वडा अध्यक्षसहित पक्राउ

मौन अवधिमा पैसा बाँड्दा वडा अध्यक्षसहित पक्राउ
सुन्नुहोस्

 रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन शुरु भएको छ । मौन अवधिको बेलामा गएराति मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा आठबिसकोट नगरपालिका १२ का वडाध्यक्ष खुम्मे कुसारीसहित १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओलीका अनुसार घापागारको भदाले भन्ने ठाउँमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले सरकारी मोटरसाइकल र ७८ हजार नगदसहित नेकपा माओवादी केन्द्रका सानीभेरी गाउँ कमिटी सचिव दिपक बाँठा, वडा कमिटी अध्यक्ष तीर्थबहादुर खत्रीलगायत १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता ओलीले बताए । 

नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोबिन्द रोका सचिनले भने आफ्ना कार्यकर्ता नभई नेपाली काँग्रेसका कार्यकर्ता पक्राउ परेको जानकारी दिएका छन् । उनका अनुसार अनुसार आचारसंहिता उल्लंघनको आरोपमा घापागारमा तीन जना काँग्रेस कार्यकर्ता पक्राउ परेका हुन् । 

वडा अध्यक्षले अमेरिकाबाट आफन्तले पठाएको रकम दिन आएको बताएका छन् भने अन्य दुई जनाले आज हुने निर्वाचनको एजेन्ट भएकोले एकै ठाउँमा जम्मा भएको जनाएका छन् ।

गएराति निर्वाचन आचारसंहिता उल्लंघनको सूचनाको आधारमा सशस्त्र प्रहरी बलले माओवादी कार्यकर्ताहरु पुगेको घरलाई घेराउ गरेर नियन्त्रणमा लिएको थियो । उक्त समूहमा रहेका मध्य आठबिसकोट १२ का वडाध्यक्षले अमेरिकाबाट आफन्तले पठाएको रकम दिन आएको बताएका छन् भने अन्य दुई जना आज हुने निर्वाचनमा प्रनिनिधि भएकाले एकै ठाउँमा जम्मा भएको जनाएका छन् । 

प्रतिनिधिहरु नियन्त्रणमा रहेको जानकारी पार्टीले गराएपछि निर्वाचन अधिकृतको कार्यालयको अनुरोधमा घर घेराउ हालेर एकै ठाउँमा नियन्त्रण गरिएका सबै माओवादी कार्यकर्ता मुक्त भएका छन् । माओवादीले भने काँग्रेस कार्यकर्ताहरुले ठूलो मात्रामा पैसा बाँडेको आरोप लगाएका छन् ।

टिप्पणीहरू