तीन वटा नागरिकता बोक्छन् ब्रिटिश लाहुरे
व्यक्ति एक, परिचय अनेक । परिचय अनेक बनेको चाहिं सुकर्मले होइन, नक्कली कागजातबाट आफैं बनाइएको । नाम ठाउँंपिच्छे फरक, नागरिकता बेग्लाबेग्लै । किरात राई यायोक्खा बेलायतका नवनिर्वाचित महासचिव राजेन रामजङ राई सन् २००० मा ब्रिटिश लाहुरे हुँदा राजेन्द्र राई बनेका थिए । त्यसबेला सुनाकोठी ८ ललितपुर निवासी अचम्शेर राईको छोरा, श्रीभद्र राईको नाति राजेन्द्र राई इन्टेक २००० मा भर्ती भएर बेलायत भित्रिए । सन् १९९७ मा बिहे भए पनि १९९८ मा उल्लेखित विवरण नै राखी बिहे दर्ता गरेर पत्नी जयन्ती राईलाई सन् २००५ मा बेलायत ल्याए । ब्रिटिश आर्मीमा भर्ती हुँदा सुनाकोठी ८ मा दर्ता छ । पोखरालगायत ब्रिटिश क्याम्पहरुमा सबैतिर त्यही विवरण उल्लेख छ । तर, उनले कारोबारपिच्छे फरक फरक नागरिकता प्रयोग गर्ने गरेको पाइएको छ ।
नेपाली नागरिकता फरक फरक
जिल्ला प्रशासन कार्यालय, खोटाङबाट २०५२, साउन २ गते निकालेको नागरिकतामा जन्ममिति २०३५–१२–२५ छ र नाम रामजंग राई छ । नागरिकता नम्बर १७९२/५५ छ । फेरि, राजेन्द्र राईका नाममा २०७४ पुस १२ मा जारी नागरिकताको प्रमाणपत्र नम्बर १२–०१–७४– ०४१९१ छ ।
जन्म : खोटाङ, रतन्छा गाविस ३ र स्थायी बसोवास खोटाङ साकेला गाउँंपालिका २ छ । बाबुको नाम भीमबहादुर र बाजेको नाम बखतमान राखिएको छ भने जन्ममिति २०३७–१२–२५ गते छ । बेलायती राहदानी (रातो पासपोर्ट) मा सुनाकोठी ललितपुर नै छ ठेगाना । १६ सेप्टेम्बर, २०१९ मा जारी बेलायती पासपोर्ट नम्बर ५६३७०१९७० छ । भीमबहादुर राईको छोरा राजेन्द्र पनि आफैं, भीमबहादुर राईको छोरा रामजंग राई पनि आफैं । जग्गा कारोबार गर्दा नेपालका दुई नागरिकता अनि युके ट्राभल गर्दा अचम्शेर राईको छोरा भनेर बनाएको बेलायती पासपोर्ट प्रयोग गर्ने गरेको श्रोतले जनाएको छ ।
राजेन्द्र फेक कागजात बनाउनमा खप्पिस छन् भन्छन् । जयन्तीसंग वि.सं. २०५५ सालमा वास्तविक बिहे भइसकेको थियो । अचम्शेरको छोरा राजेन्द्रसंग १६ वर्षकी हुंँदा जयन्तीले बिहे गरेको कागजातमा देखिन्छ । तर, उनले जयन्तीलाई थाहै नदिई वि.सं. २०७६, साउन १६ मा खोटाङ साकेला गाउँपालिका २, रतन्छामा फेरि फेक बिहे दर्ता गरिदिए । उनले फरक फरक तीन थरि नागरिकता प्रयोग गरेको विरुद्ध सिआइबीमा रिपोर्ट भइसकेको श्रोतको दावी छ ।
कोभिड महामारीका बेला जयन्तीको सोझोपनको फाइदा उठाएर राजेन्द्रले फेक डकुमेन्ट बनाई फर्लोको (सरकारले दिएको सुविधा) ५० हजार पाउण्ड हुण्डीमार्फत हङकङ पुर्याएको चर्चा अझै सेलाएको छैन । उनको इजी मनी ट्रान्सफर कम्पनी पनि छ । काठमाडौं ज्वेलरी लिमिटेडका नाममा सुनको व्यापार गर्छन् । बेलायत प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
यिनै राजेन्द्रको परिवारमा समेत लफडा छ । पत्नी जयन्ती राईसंग श्रीभद्र राईको नातिकै नामबाट युके अदालत एचए कोर्टस् एण्ड ट्राइब्युुनल सर्भिसमा सन् २०२१, सेप्टेम्बरमा फाइल गरेर २०२२ साल २४ जनवरीमा पारपाचुके सकियो । डिभोर्सको सर्टिफिकेट पनि पाएकी जयन्तीले काठमाडौं जिल्ला अदालतमा २०७९, बैशाख ८ गते बाग्लुङ जिल्ला साविक हरिचौर गाविस ९, हाल गलकोट नगरपालिका ६ बस्ने बुढाथोकीसंग बिवाह दर्ता गरिन् र नयाँं पतिलाई बेलायत ल्याइन् ।
राजेन्द्रले नै सन् २०२२, अप्रिल २१ मा मेडस्टोन केन्ट घरमा नयांँ पतिलाई ल्याउन कुनै आपत्ति नभएको पत्र दिएका थिए । तर, पछि राजेन्द्र राईले आफूलाई विश्वासघात गरेर अर्को लोग्ने ल्याएको, सम्पत्ति हडपेको भन्दै अपराधिक विश्वासघात तथा एक्सर्टनसम्बन्धी कसुर मुद्दामा जाहेरी दिई नेपाल गएका बेला जयन्तीलाई गत वर्ष साउनमा इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा थुनाए ।
बेलायती अदालतबाट सम्बन्ध विच्छेद भइसके पनि वर्तमान पतिसँगको सम्बन्ध बिगार्न राजेन्द्र कस्सिएर लागेको बताइन्छ । अहिले राई खोटाङका भुवन राईकी श्रीमति खोटाङ चुइचुम्माकी लिनवाङ राईलाई भगाएर बेलायतको मेडस्टोन केन्टमा लिभिङ टुगेदरमा छन् । उनैले भुवनको भिसा रद्द गरिदिएर अहिले उनको बिजोक भएको छ ।
टिप्पणीहरू