एनएमबि बैंकलाई ‘लैङ्गिक समावेशी कार्यस्थल अवार्ड’

एनएमबि बैंकलाई ‘लैङ्गिक समावेशी कार्यस्थल अवार्ड’
सुन्नुहोस्

युएन वुमन एसिया–प्यासिफिक डब्लुईपिएस अवार्डअन्तर्गत सन् २०२४ को ‘लैङ्गिक समावेशी कार्यस्थल अवार्ड’ एनएमबि बैंकले प्राप्त गरेको छ । बैंकको लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै डब्लुईपिएसले उक्त विशेष अवार्डद्वारा बैंकलाई सम्मानित गरेको जनाएको छ ।

यो अवार्ड लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धन गर्ने पहलको सम्मानस्वरुप प्राप्त भएको बैंकको भनाई छ । युएन वुमन र युएन ग्लोबल कम्याक्टले कार्यस्थल, बजार र समुदायमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवद्र्धनका लागि विश्वव्यापी मापदण्ड निर्धारण गरेको छ ।

ती विश्वव्यापी मापदण्ड कार्यान्वयन गर्न सक्दो प्रयास गरेको बैंकले जनाएको छ । प्रयासस्वरुप महिलाको नेतृत्वमा बैंकले विभिन्न शाखा, विकास कार्यक्रमजस्ता गतिविधि समेत सञ्चालन गरेको छ । अवार्डले बैंकलाई विश्व बजारमा डब्लुईपीएसअन्तर्गत युएन वेमनद्धारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको जनाइएको छ । 

एसिया–प्यासिफिक देशका छ सयभन्दा बढी आवेदक संस्थामध्येबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरिएको हो । 

यस अवार्डले निरन्तर रुपमा समावेशी र दिगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको बैंकले बताएको छ । एनएमबि बैंकले देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

टिप्पणीहरू