रवि लामिछानेलाई काठमाडौँ ल्याइयो, हरि ढकाल पनि सँगै

रवि लामिछानेलाई काठमाडौँ ल्याइयो, हरि ढकाल पनि सँगै
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लैजान काठमाडौँ ल्याइएको छ ।

सानो पाइला सहकारी ठगीबारे बयानका लागि अस्ति वीरगंज पुर्याइएका उनलाई आज सिमराबाट बुद्ध एयरको जहाजमा काठमाडौँ ल्याइएको हो । बुद्धको बिएचए-५५२ उडानमा मध्याह्न १२ बजे काठमाडौँ अवतरण गरेका लामिछानेलाई केहीबेरमा पोखरा पठाउने प्रहरीको तयारी छ । 

सोही जहाजमा रास्वपाका सांसद हरि ढकाल र अर्का एकजना पनि काठमाडौँ आइपुगेको बुझिएको छ  । 

सहकारी ठगी प्रकरणमा दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अस्ति पोखराबाट काठमाडौं हुँदै सिमरासम्म जहाजमा र त्यसपछि गाडीमा पर्सा पुर्याइएको थियो । हिजो एकैदिनमा बयान सकिएपछि उनलाई आज पोखरा लैजान लागिएको हो ।

टिप्पणीहरू