सिरियामा साढे दुई महिनाका लागि अन्तरिम प्रधानमन्त्री

सिरियामा साढे दुई महिनाका लागि अन्तरिम प्रधानमन्त्री

सिरियामा गठित अन्तरिम प्रधानमन्त्री मोहम्मद अल बसिरले मुलुकमा स्थायित्व र शान्तिका लागि आह्वान गरेका छन् । राष्ट्रपति बसर अल असद नेतृत्वको सरकार अपदस्थ भएपछि बसिरले हिजो अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा पद सम्हालेका हुन् । 

बसिरले आफुले पूर्व विद्रोही नेताको समर्थनमा कार्यवाहक प्रधानमन्त्रीका रुपमा आगामी  मार्च १ सम्मकालागि सत्ता सम्हालेको घोषणा गरेका छन् । उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियाको भावी सरकारलाई अमेरिकाले मान्यता र पूर्ण समर्थन दिने जनाएका छन् । 

विद्रोहीले सत्ता कब्जा गरेपछि राष्ट्रपति बसर अल असद भागेर मस्को पुगेका छन् । तर, अमेरिकी समर्थन र साथ रहेको इजरायलले सिरियामाथि निरन्तर हवाई आक्रमण जारी राखेको छ । इजरायलले गोलान हाइट्सको ‘बफर जोन ’ कब्जामा लिएको जनाइएको छ । 

सिरियामा रहेका हातहतियार र गोलाबारुद अरुको हातमा नपरोस् भनेर आफूले हवाई आक्रमण गरेको इजरायलको भनाई छ ।

टिप्पणीहरू