अहिलेका प्रचण्ड,ऊ बेलाका घनश्याम

अहिलेका प्रचण्ड,ऊ बेलाका घनश्याम
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७१औँ वर्षमा प्रवेश गर्नुभएको छ । आफ्नै नेतृत्वमा समाजवादी क्रान्ति गर्ने घोषणा गर्दै आउनुभएका उहाँ आजदेखि ७० पुगेर ७१ मा लाग्नुभएको हो । 

प्रचण्डलाई परिवारका सदस्य, माओवादी केन्द्रका नेता–कार्यकर्तासहित शुभचिन्तकले जन्मदिनको अवसरमा शुभकामना दिइरहेका छन् । स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत ‘सु–स्वास्थ्य एवम् दीर्घायुको कामनासहित तपाईंले देख्नुभएको नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिको सपना आफ्नै पालामा पूरा होस्, जन्मदिनको हार्दिक शुभकामना बुवा !’ भनेकी छन् । 

त्यस्तै, प्रचण्डलाई माहिली छोरी तथा भरतपुर महानगरकी मेयर रेणु दाहालले पनि सामाजिक सञ्जालबाट ‘जन्मदिनको धेरै–धेरै शुभकामना बुवा’ भनेर शुभकामना दिएकी छन् । 

प्रचण्ड वि.सं २०११ मंसिर २६ गते कास्कीको अन्नपूर्ण गाँउपालिका (साबिकको ढिकुरपोखरी) मा जन्मनुभएको हो । सानै छँदा बुबा मुक्तिराम दाहाल कास्कीबाट बसाईं सरेर चितवन गएपछि उहाँको किशोरकाल त्यतै बित्यो । २०२८ सालमा आइएस्सी पढ्दैगर्दा विद्यार्थी राजनीति शुरु गर्नुभएका उहाँ लामो समय भूमिगत रहनुभयो । 

२०६३ पछि खुल्ल्ला राजनीतिमा आउनुभएका प्रचण्ड तीन पटक मुलुकको प्रधानमन्त्री भइसक्नुभएको छ । जन्मनाम घनश्याम, स्कुलमा छविलाल हुँदै उहाँ प्रचण्ड नामबाट पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित हुनुहुन्छ ।

टिप्पणीहरू