पत्रकार र नर्सहरु मतदानमा व्यस्त

पत्रकार र नर्सहरु मतदानमा व्यस्त
सुन्नुहोस्

नेपाल पत्रकार महासंघको निर्वाचनमा बिहान शुरु भएको मतदान जारी छ । केन्द्रीय नेतृत्व चयनको लागि राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा मतदान भइरहेको छ । जिल्ला तथा प्रदेश नेतृत्वको लागि सम्बन्धित मतदान केन्द्रमा मतदानको क्रम जारी रहेको बताइएको छ ।

केन्द्रीय अध्यक्षका लागि चार जना उम्मेदवार मैदानमा छन् । एमाले निकट प्रेस चौतारी र नेपाली काँग्रेस निकट प्रेस युनियनको तर्फबाट निर्मला शर्मा अध्यक्षको उम्मेदवार बनेकी छन् । 

त्यस्तै माओवादी केन्द्र निकट प्रेस सेन्टर र एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहित विभिन्न छ संगठनको तर्फबाट रमेश विष्ट अध्यक्षको उम्मेदवार छन् । यसअभि प्रेस युनियनमा रहेका उनले बागी उम्मेदावाररी दिने घोषणा गरेसँगै विभिन्न पत्रकार संगठनले संयुक्त प्यानल बनाएका हुन् । 

त्यस्तै, देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि अध्यक्ष पदका लागि मैदानमा छन् । बिहान ९ बजेबाट थालिएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । 

उता, नेपाल नर्सिङ संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । देशभरका २० मतदान केन्द्रमा बिहान ७ बजेदेखि शुरु मतदान साँझ ५ बजेसम्म हुने छ ।

संघको नयाँ नेतृत्वको लागि तीन जना उम्मेद्वारबीच प्रतिस्पर्धा भइरहेको छ । एमाले र माओवादी केन्द्रको संयुक्त प्यानलबाट चन्द्रकला शर्मा उम्मेदवार छिन् । कांगे्रेस र एकीकृत समाजवादीको संयुक्त प्यानलबाट गंगाकुमारी थापा मैदानमा छन् । त्यस्तै, एमालेकी वसन्ती थापा बागी उम्मेदवार रहेको बताइन्छ ।

तस्बिरहरुः

टिप्पणीहरू