पूर्व परराष्ट्र सचिवसहित पाँच जना राजदूत नियुक्त
विभिन्न पाँच देशका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाको लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे राजदूत नियुक्त भएका हुन् ।
टिप्पणीहरू