मधेशमा हात नहाल्दै निर्मलाको जीत
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको विजय सुनिश्चित देखिएको छ । उनले निकटतम प्रतिस्पर्धी निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई एक हजार १४४ मतले पछाडि पारेकी छन् । मधेश प्रदेशको गन्न बाँकी ७७२ मतभन्दा उनको बढी हुन आएको छ ।
शर्माले हालसम्म तीन हजार ९७३ मत ल्याएकी छन् भने विष्टलाई दुई हजार ८२९ मत प्राप्त भएको छ । हालसम्मको परिणामअनुसार अन्य पदाधिकारीहरुमा पनि शर्माकै प्यानलले अग्रता कायम गरेको अवस्था छ ।
शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षको उम्मेदवार बनेकी हुन् । हिजो भएको मतदानको पछिल्लो परिणाममा जिल्ला, प्रदेश र एसोसियटमा मिश्रित नतिजा प्राप्त भएको छ ।
टिप्पणीहरू