श्रीमानको नाममा सुसाइड नोट लेखेर आत्मदाह

श्रीमानको नाममा सुसाइड नोट लेखेर आत्मदाह
सुन्नुहोस्

चितवनकी एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी छन् । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोकमा बस्दै आएकी चितवनको रत्ननगर नगरपालिका–१२ कि ३८ वर्षीया कमला आचार्यले शरीरमा आगो लगाएर प्राण त्यागेकी हुन् । बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती नदी किनार नजिकको खाली जग्गामा  हिजो आफूमाथि आगो लगाएकी उनको तत्काल उद्धार गरिएको थियो ।

आगोले जलेर गम्भीर घाइते भएकी आचार्यलाई उपचारका निम्ति साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

मृतक आचार्यका १३ र तीन वर्षीय दुई छोरा छन् । उक्त घटनास्थलनजिकै ‘सुसाइड नोट’ समेत फेला परेको छ । श्रीमानलाई सम्बोधन गर्दै लेखेको सुसाइड नोटमा आफूखुसी आगो लगाएकाले कसैलाई दोष नदिन आग्रह गरिएको बताइएको छ ।

टिप्पणीहरू