सुदूरपश्चिमसँग हारेको कर्णाली प्लेअफमा पुग्दा काठमाडौँ आउट

सुदूरपश्चिमसँग हारेको कर्णाली प्लेअफमा पुग्दा काठमाडौँ आउट
सुन्नुहोस्

कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयलसँग पराजित भएको कर्णालीले रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको हो । यो नतिजासँगै प्लेअफको दौडमा रहेको काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ ।

दुबै टोलीको समान ८ अंक भएपनि नेटरनरेटमा अगाडि रहेकाले कर्णालीले बाजी मारेको हो । आजको खेलमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा भेटेको भए काठमाडौँ प्लेअफमा पुग्ने समीकरण थियो । तर, सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।  

योसँगै एनपिएलको प्लेअफ खेल्ने सबै टोलीको टुंगो लागेको छ । ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र ५ जितका साथ दोस्रो स्थानको जनकपुरले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानको चितवन राइनोज र चौथो टोली कर्णाली याक्सबीच एलिमिनेटर भिडन्त हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजयी टीमले दोस्रो क्वालिफायर खेल्नेछन् । यसको विजेता टोली र पहिलो क्वालिफायर जित्ने टीमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
 

टिप्पणीहरू