एसियाली विकास बैंकको ऋणविरुद्ध राजधानीमा प्रदर्शन
नेपाल सरकारले जलवायु वित्तको नाममा एसियाली विकास बैंक (एडिबी) सँग लिइएको सहुलियतपूर्ण ऋणको विरोध जनाइएको छ । जलवायु वित्तको नाममा सहुलियतपूर्ण ऋण तथा अनुदान लिने निर्णय यसअघि मन्त्रिपरिषद बैठकले गरेबमोजिम गत बुधबार सम्झौता भइसकेको छ ।
उक्त ऋण सम्झौताको विरोध गर्दै अभियन्ताहरु एडिबीको नेपालस्थित कार्यालय पुगेका छन् । लाजिम्पाट मेट्रो पार्कस्थित एडिबी कार्यालय पुगेर नेपाल सरकार र एसियाली विकास बैंकबीच जलवायु वित्तको नाममा गरिएको १५ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौताको विरोध गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
ओमकार सुवेदीको नेतृत्वमा अभिषेक श्रेष्ठ,युवा अभियानका वामदेव पौडेल, स्वतन्त्र युवा विद्यार्थीलगायतको समूहले प्लेकार्ड प्रदर्शनसँगै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले ऋण खारेज गर, एसियाली विकास बैंकको जलवायु ऋण बन्द गर, ऋणमुक्त जीवन लेखिएको प्लेकार्ड देखाएका थिए ।
अभियानका प्रयास अधिकारी,रामबहादुर श्रेष्ठ, अञ्जली शाही चालिसेले एडिबी नेपाल प्रमुख अर्नाउड काउचोइसलाई अपरान्ह ज्ञापन पत्र बुझाएका हुन् । यसबीच सरकारले गत मंसिर २८ गते पनि एडीबीसँग अर्को ऋण सम्झौता गर्ने निर्णय गरेको छ ।
तस्विरहरू
टिप्पणीहरू