एसबिआईका ग्राहकलाई र्याडिसनमा छुट
नेपाल एसबिआई बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच भएको छुटसम्बन्धी सम्झौतापछि बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले होटलमा खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत दिपककुमार दे र होटलका निर्देशक रितेश अर्यालले गरेको सम्झौतालाई एसबिआई बैंकले डिजिटल बैंकिङ्गमा ग्राहकको सहभागिता बढाउने प्रयास गरेको जनाएको छ ।
हाल बैंकले देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र एक कर्पोरेट कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।
टिप्पणीहरू