क्यान्सर खोपमा रुसलाई सफलता, नयाँ वर्षको प्रारम्भमा सार्वजनिक गरिँदै

क्यान्सर खोपमा रुसलाई सफलता, नयाँ वर्षको प्रारम्भमा सार्वजनिक गरिँदै

रुसले क्यान्सर खोप बनाएको दाबी गर्दै आगामी नयाँ वर्ष २०२५ को प्रारम्भमा खोप सार्वजनिक गर्ने जनाएको छ । रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरले दाबी गरेको उक्त भ्याक्सिनको नामबारे केही बताइएको छैन ।

शताब्दीकै ठूलो उपलब्धी ठानिएको उक्त खोप रुसी नागरिकलाई निःशुल्क वितरण गरिने रुसी समाचारमाध्यम तासले जनाएको छ । भ्याक्सिनले ट्युमर बढ्नबाट रोक्न मद्दत गरेको पाइएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको प्रभावकारी खोप निर्माणको नजिक पुगेको बताएका थिए ।

टिप्पणीहरू