गायत्री विद्यालयलाई एसबिआईको सहयोग
नेपाल एसबिआई बैंकले चितवनको रत्ननगरस्थित गायत्री वेद बेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
सहयोग रकम विद्यालयको हल निर्माणमा प्रयोग गरिने छ । बैंकका बागमती प्रदेश कार्यालय प्रमुख प्रविनमुनि बज्राचार्यले विद्यालयका प्रिन्सिपललाई रकम हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणमा विभिन्न योगदान गर्दै आएको छ ।
एसबिआईले देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
टिप्पणीहरू