दक्षिणबाट आउँदै गरेका दुई चिनियाँसँगै भारतीय पक्राउ

दक्षिणबाट आउँदै गरेका दुई चिनियाँसँगै भारतीय पक्राउ
सुन्नुहोस्

भारतबाट नेपाल आउँदै गरेका दुई चिनियाँ नागरिक कपिलवस्तुमा पक्राउ परेको तथ्य खुलेको छ । उनीहरुलाई शुद्धोधन गाउँपालिका ५, घेराउजोत नजिकैबाट नियन्त्रणमा लिइएको बताइन्छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले भारतीय सीमाना पार गरेर आइरहेका ३२ वर्षे लि क्वाङकुई र ३५ वर्षे सि थाओलाई पक्रेको हो । लिसँग चिनियाँ राहदानी रहेपनि अर्कासँग चिनियाँ राहदानी नभएको प्रहरीको भनाई छ । उनीहरुलाई गाइड गर्दै नेपाल ल्याउँदै गरेका भारतीय उत्तर प्रदेशको सिद्धाथर्दनगर जिल्लाको कक्रहवाका २३ वर्षे अरबाज शेषलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ । 

चिनियाँ र भारतीयहरुको साथबाट दुई थान ल्यापटप, मोबाइल छ थान र नगद भारतीय रुपैयाँ १४ हजार ७५० पनि बरामद गरिएको थियो । उनीहरुलाई आवश्यक कारबाहीको निम्ति बेलहियास्थित अध्यागमन कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

टिप्पणीहरू