उता रविमाथि मुध्दा दर्ता,यता सहकारी बैंकमा राजीनामा
सहकारी बैंकका २ जना विवादित सञ्चालकले राजीनामा दिएका छन् । राष्ट्र बैंकको हस्तक्षेप शैलीमा प्राप्त पत्रसङ्गै राजीनामा दिएका २ सहित ६ जना पदमुक्त भएका छन् ।
बैंकबाट पदमुक्त भएका ६ जनामध्ये सञ्चालक समितिका सदस्य रामबहादुर जिसी र केदार मानन्धरले राजीनामा दिएका छन् ।
बाँकी ४ जना राष्ट्र बैंकको निर्देशनसँगै पदमुक्त भएका छन् । यसरी पदमुक्त हुनेमा जिसी र मानन्धरका साथै बैंकका अध्यक्ष केबी उप्रेती,सञ्चालक रामहरि बजगाई,शिवा थापा र मनोजकुमार थापा मगर रहेका छन् ।
टिप्पणीहरू