किर्तेमा मुछिएका बीपीका असिस्टेन्ट अख्तियारको फेला
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका जुनियर असिस्टेन्ट मनसुन नेपाल प्रमाणपत्र किर्तेमा मुछिएका छन् ।
उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा बढुवा खाएको अभियोग लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगका अनुसार मनसुनले काठमाडौंस्थित आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको झुट्टा प्रमाणपत्र पेश गरी जुनियर असिस्टेन्ट पदमा बढुवा लिएको अनुसन्धानको निष्कर्षका आधारमा मुद्दा चलाइएको हो ।
अभियोग पत्रमा उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरिएको छ ।
टिप्पणीहरू