सहकारी घोटालाका अर्का पात्र पोखरामा फेला
कास्कीको पोखरास्थित बलिदानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋण उपसमिति सदस्य तथा कर्जा अधिकृत नविन भण्डारी पक्राउ परेका छन् ।
सहकारी ठगीको आरोपमा फरार उनी पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट समातिएका हुन् । स्याङ्जाको हरिनाश गाउँपालिका–३ घर भई पोखरा महानगर–८, आलुमाइला चोक बस्ने उनलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले बताए ।
मुद्दाको अभियोगपत्र मागदाबीअनुसार सजायका लागि उनलाई आज कास्की जिल्ला अदालत उपस्थिति गराइएको शर्माले जानकारी दिए । सहकारीमार्फत एक हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोपमा १५ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
टिप्पणीहरू