सपिङ मलमा क्रिसमसको रौनक (फोटोफिचर)
इसाईहरुको सबैभन्दा ठूलो पर्व क्रिसमस भोलि धुमधामका साथ मनाइँदै छ । केही वर्षयता नेपालमा समेत मनाउन थालिएको क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौँका सपिङ मलहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
येशु ख्रिस्टको जन्मदिनको खुसीयालीमा हरेक वर्ष डिसम्बर २५ मा यो पर्व मनाइन्छ । येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास छ ।
सोही अवसरमा काठमाडौँ उपत्यकाका प्रमुख मलहरूले आफ्नो प्रवेशद्वारमा क्रिसमस ट्री बनाउनुका साथै सान्टा क्लज र रेन डियरको प्रतिमाहरू बनाएर राखेका छन् । मानिसहरू यस्ता आकृति र क्रिसमस ट्री अगाडि फोटो खिचेर रमाउने गर्दछन् ।
तस्बिरहरु
टिप्पणीहरू