बलात्कारको आरोपमा पूर्वमेयर थुनिए, मानव अधिकार पनि गुहारियो

बलात्कारको आरोपमा पूर्वमेयर थुनिए, मानव अधिकार पनि गुहारियो
सुन्नुहोस्

घरमा सघाउन बसेकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्षले धम्की दिएको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग गुहारेको छ । एमाले नेतासमेत रहेका उनी पक्षले विभिन्न माध्यमबाट धम्की दिएको भन्दै पीडितले आयोगमा निवेदन दर्ता गरेका छन् । 

उनीहरुले जनधनको सुरक्षा र स्वतन्त्र रुपले हिँड्न,बाँच्न पाउने अधिकारको सुनिश्चितता मागेको बुझिएको छ । प्रहरीले पक्राउ गरेपछि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना भएका उनले विभिन्न व्यक्तिबाट फोन गर्न लगाएर धम्क्याउने गरेको पीडितहरुले बताए ।

‘भतिजी त पीडित भइन् नै, तर हामी परिवारमा समेत अपरिचितहरुले फोन गरेर दबाब दिइरहेको हुँदा असुरक्षा महसुस गरिरहेका छौं,राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान नथालुञ्जेलसम्म हामीअसुरक्षित हुँदै जाने निश्चित छ । तसर्थ,भतिजीको निश्पक्ष न्याय,हामी पनि जीऊधनको सुरक्षा र स्वतन्त्र रुपले हिँड्न, बाँच्न पाउने अधिकारको सुनिश्चितताको लागि यस आयोगसमक्ष विनम्र अनुरोध गर्दछौं’, निवेदनमा उल्लेख छ । 

‘पक्राउ परेदेखि नै दोषी अस्पतालमा आरामसँग बसेको छ । फोनलगायत सबै सुविधा दिइएको छ । भेटघाट चलिरहेको छ । हामीलाई नयाँ–नयाँ नम्बरबाट फोन गरेर धम्की दिइरहेका छन् । पीडितको सहोदर दाजुलाई पनि तर्साउन खोजेका छन् । त्यसैले आयोगमा निवेदन दिएका हौं’

पीडितका आफन्त शिवकुमार पाठकका अनुसार गत मंसिर २४ गते जाहेरी दर्ता गरेपनि ईलाका प्रहरी कार्यालय, बिर्तामोडले दर्ता नम्बर दिएको छैन । प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरिरहेको उनको आरोप छ । ‘पक्राउ परेदेखि नै दोषी अस्पतालमा आरामसँग बसेको छ ।  फोनलगायत सबै सुविधा दिइएको छ । भेटघाट चलिरहेको छ । हामीलाई नयाँ–नयाँ नम्बरबाट फोन गरेर धम्की दिइरहेका छन् । पीडितको सहोदर दाजुलाई पनि तर्साउन खोजेका छन् । त्यसैले आयोगमा निवेदन दिएका हौं’,उनले गुनासो पोखे । 

आठ वर्षको उमेरदेखि पूर्वमेयर शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा बसेकी पीडित बालिका हाल आफन्त नेपाल नामक संस्थाको संरक्षणमा छिन् । शिवाकोटीले तीन वर्षदेखि पटकपटक बलात्कार गरेको उनले बताइन् ।

टिप्पणीहरू