बेगनास तालको सौन्दर्य (फोटोफिचर)

बेगनास तालको सौन्दर्य (फोटोफिचर)

पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो, बेगनास । शहरी भीडभाड र कोलाहालबाट अलिक टाढा रहेको छ बेगनास । डुंगा चढ्नेहरुको भीडभाड तुलनात्मक रुपमा कम हुन्छ भने यहाँ सेल्फी खिच्नेहरुको चहलपहल पनि अन्यत्रको तुलनामा थोरै । 

फेवा तालभन्दा केही किलोमिटर पूर्वको बेगनास मुख्य शहरबाट बाहिर भएपनि मानिसहरु त्यहाँ पुग्छन् । पोखरा भ्रमणमा आउनेहरुको प्रमुख गन्तव्यमध्ये बेगनास ताल पनि एक हो । 

तालमा डुंगा चलाउनेसँगै माछा मार्न र चारो खुवाउनका लागि मानिसहरु आउने गर्छन् । ताल वरपरका हरियो जंगल र बोट विरुवालाई स्पर्श गर्दै बहने हावाले जोकोहीलाई पनि तरंगित बनाउने गरेको छ । 

बेगनास ताल निकै सफा देखिन्छ । वरिपरि जंगल क्षेत्र भएकाले त्यसको शीतला तालमा पनि पर्ने गरेको छ । शान्त वातावरणमा सुन्दर तालको मोहनी मुस्कान चाहनेहरुका लागि बेगनास उपयुक्त गन्तव्य हुनसक्छ ।

तस्बिरहरु

​​​​​​​

टिप्पणीहरू