काँग्रेसको व्यापार विभागमा थपिए १० सदस्य
नेपाली काँग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्य थपिएका छन् । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा आज पार्टी सभापति शेरबहादुर देउवाले १० जनालाई सदस्यमा मनोनयन गर्नुभएको छ ।
उहाँले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्यमा मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मनोनीत भएकामा कञ्चनपुरका खगेश्वर बोहरा, जुम्लाका मीनबहादुर भण्डारी, काठमाडौंका धु्रव खड्का, कपिलवस्तुका जमसेर अलि मियाँ, काभ्रेपलाञ्चोकका सिताराम परियार, सोलुखुम्बुका शम्भुहरि बाँस्तोला, झापाका सजिव घिमिरे, लमजुङकी जुनु गुरुङ, रौतहटका विजयकुमार सिंह र काठमाडौंका राजीव श्रेष्ठ छन् ।
टिप्पणीहरू