जसपाको उद्योग विभागमा लक्ष्मण गुरुङ

जसपाको उद्योग विभागमा लक्ष्मण गुरुङ

जनता समाजवादी पार्टी (जसपा) नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा लक्ष्मण गुरुङ मनोनित भएका छन् । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा आज बसेको बैठकले उनलाई उक्त पदमा मनोनयन गरेको हो । 

विभागको उपप्रमुखमा धमेन्द्रकुमार साह र सचिवमा चिन्तन बज्राचार्य छनौट भएका छन् । बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारी चयन गरेको बताइएको छ । योसँगै पार्टीनिकट उद्योगी व्यवसायीको राष्ट्रिय भेला आगामी फाल्गुनभित्र आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै, कृषि, उद्योग, जलश्रोत, उर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीमैत्री वातावरण तयार गर्न अध्ययन, अनुसन्धान, छलफल, गोष्ठी, अन्तरक्रियासहित उद्योग, वाणिज्य र व्यापारसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने निर्णय विभागले निर्णय गरेको छ ।

टिप्पणीहरू