सेड्युल बिना प्रधानमन्त्री सोझै पूर्व राष्ट्रपतिकोमा

सेड्युल बिना प्रधानमन्त्री सोझै पूर्व राष्ट्रपतिकोमा
सुन्नुहोस्

आकस्मिक रुपमा आजलाई सचिवालय बैठक बोलाएर ढिलो गरी सामेल हुन पुग्नुभएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली त्यहीँबाट अकस्मात बूढानीलकण्ठ पुग्नुभयो र केही छिनअगाडि बालुवाटार पस्नुभएको छ । पूर्व राष्ट्रपति पार्टी राजनीतिमा फर्कन इच्छुक रहेको र सोहीअनुसारका गतिविधि अघि बढिरहेकै बेला अध्यक्षले गरेको दुई घण्टा लामो यो भेटले तरङ्ग सिर्जना गरेको छ । 

यतिबेला ओली चौतर्फी घेराबन्दीमा रहेकोले थर्काउन हैन फकाउनै गएको हुनुपर्ने केही बुध्दिजीवीको आकलन छ ।

सदस्यताबाट निश्कासनपछि पूर्व उपाध्यक्ष भीम रावलको ७४ बुँदे आरोपसहित हिजोको पत्रकार सम्मेलन,बिध्या भण्डारीनिकट दुई नेत्रीलाई गत हप्ता ओलीकै रुचिअनुसारको निलम्बन,सामाजिक सन्जालमार्फत प्रधानमन्त्रीप्रति बढ्दो युवा बिकर्षण,यी सबै प्रक्रियामा नेता,कार्यकर्ता पंक्तिबाट नेतृत्वको प्रतिरक्षामा देखा परेको हिच्किचाहट,सँविधान सँशोधनका निम्ति भन्दै निर्मित काङ्ग्रेस-एमाले गठबन्धनप्रति सर्भिस डेलिभरीमै चुकेको आमजनमानसको गुनासोका वीच २-३ दिनमै शुरु हुन गइरहेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा आज एकै खेमाका पूर्व राष्ट्रप्रमुख र वर्तमान पार्टी तथा सरकार प्रमुखको दुई घन्टा लामो वार्तालापले छाड्ने प्रभाववारे छिट्टै जनताले जानकारी पाउने अपेक्षा राखिएको छ ।

टिप्पणीहरू