रवि लामिछानेविरुद्ध उता बहस, यता अर्को मुद्दा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा उनीहरुमाथि मुद्दा दायर भएको बताइएको छ ।
सबै प्रतिवादीसँग दुई अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । रवि र गोरखा मिडियाका अध्यक्ष जीबी राईविरुद्ध पाँच करोड आठ लाख रुपैयाँभन्दा बढीको बिगो माग दाबी गरिएको छ ।
उता पोखरामा सूर्य दर्शन सहकारीको वचत अपलनमा दायर गरिएको मुद्दामा जिल्ला अदालत कास्कीमा रविलगायत प्रतिवादीहरुको बयान जारी छ ।
उता सूर्य दर्शन सहकारीका पीडितहरुले कास्की जिल्ला अदालत, पोखराको गेटअघि प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अदालत छिर्न दिइएको तर आफूहरुलाई नदिएको भन्दै पीडितहरुले नाराबाजी गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआईजी छविलाल जोशी, लिला पछाई लगायतलाई थुनछेक बहसको लागि बिहान अदालतमा उपस्थित गराइएको थियो । रास्वपाका एक हुल नेताहरुलाई पनि भित्र छिर्न दिएपछि उनीहरु आक्रोशित भएका हुन् । सहकारी प्रकरणको अनुसन्धान तथा अभियोजलाई पहिल्यैदेखि प्रभाव पार्न खोजिरहेका रास्वपा नेताहरुलाई अदालत छिर्न दिएपछि आफूहरु आन्दोलित भएको पीडितहरुको भनाई छ ।
टिप्पणीहरू