रविको पक्षबाट बहस गर्ने वकिल डेढ दर्जन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको तर्फबाट बहस गर्न डेढ दर्जन वकिल तयार भएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीमा थुनछेकको बहस जारी छ । सोही क्रममा आजदेखि रविको पक्षमा बहस शुरु भएको छ ।
हालसम्म १७ जना वकिलले नाम लेखएको अदालत स्रोतले बताएको छ । प्राप्त विवरणअनुसार वरिष्ठ अधिवक्ता सुशील पन्तलगायत झण्डै डेढ दर्जन बहसका लागि तयार छन् । पन्तले आज झण्डै ३ घण्टा बहस गरेका थिए ।
नाम लेखाउनेमा रोहित बास्तोला,सुनिता राउत, सुरज बस्नेत,रमेश गिरी, रेनुकादेवी सिटौला,डा. नारायण घिमिरे,कृष्णप्रसाद पराजुली,यज्ञमणि न्यौपाने, डा. नारायणदत्त पौडेल, हेमराज पोखरेल उपाध्याय र कमलप्रसाद पोखरेल छन् । डिल्लीराम अधिकारी, गोविन्द अधिकारी,लेखनाथ सापकोटा,गिरीराज ओझा र हरिप्रसाद सुवेदीले पनि रविको पक्षमा बहस गर्दैछन् ।
यसअघि हिजो अर्का प्रतिवादी पूर्व डिआइजी छविलाल जोशीका वकिलहरुले बहस गरेका थिए । जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र डा. गणेशबहादुर भट्टराईले बहस गरेका हुन् ।
टिप्पणीहरू