शान्ति प्रक्रिया टुंग्याउन सडकको दबाब आवश्यक - प्रचण्ड

शान्ति प्रक्रिया टुंग्याउन सडकको दबाब आवश्यक - प्रचण्ड

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नसकिएको बताउनुभएको छ । 

शान्ति प्रक्रियाजस्तो संवेदनशील विषयलाई कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रको रुपमा प्रयोग गर्न खोजेको दावी गर्दै उहाँले सोही कारण निश्कर्षमा पुर्याउन नसकेको उल्लेख गर्नुभयो । सडकबाट दबाब नदिएसम्म अड्किइरहने निष्कर्षसमेत उहाँले सुनाउनुभएको छ ।

'शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकीकरणको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘यहाँ विषय कानूनी भन्दा पनि राजनीतिक नै छ । १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैँमा राजनीतिक सहमतिका दस्तावेज हुन् । ति सम्झौताहरु सबै संविधानको अंगको रुपमा मानिएको छ । ति संविधान पनि हुन् । तर, कुरा अहिले टुंग्याउन कठिन भएको राजनीतिक नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन ।'

पीडितहरुले सडकबाट राज्य र राजनीतिक नेतृत्वलाई खबरदारी नगरे शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्नेतर्फ उहाँले सजग गराउनुभयो ।

टिप्पणीहरू