श्रीमानसँग टेलिफोनमा भनाभनपछि छोरीहरुको हत्या गरेको आमाको साबिती बयान
सल्यानमा दुई नाबालिका छोरीहरूको आफूले हत्या गरेको साबिती बयान दिएकी आमाले श्रीमानसँग टेलिफोनमा भनाभनपछि घाँटी थिचेर मारेको बताएकी छन् । हिजो बिहान बनगाड कुपिण्डे नगरपालिका–११, गलगौलमा २६ वर्षीया पूर्णिमा रानाले साढे २ वर्षीया छोरी करिश्मा र ६ महिनाकी छोरी रागबी रानाको घाँटी थिचेर हत्या गरेको स्वीकारेकी हुन् ।
सल्यान प्रहरीका अनुसार पूर्णिमाले हिजो बिहान श्रीमान टेकमान रानासँग फोनमा झगडा भएपछि त्यही रिसको झोँकमा हत्या गरेको बयान दिएकी छन् । छोरीहरुलाई मारेपछि आफू मर्न नसकेको उनको भनाई छ ।
नुवाकोटमा रहेका श्रीमानसँग उनको मोबाइलमा कुराकानी हुँदा झगडा भएको हो । श्रीमानले ती छोरीहरु आफ्नो नभएको बात लगाउँदै आएको उनले बताइन् । बालिकाहरुको शव पोस्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको छ ।
टिप्पणीहरू