प्रधानमन्त्रीसँगै कानुनमन्त्री र मुख्यसचिव शीतल निवासमा
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न केही बेरअघि शीतल निवास पुग्नुभएको हो ।
भेटवार्तामा कानुनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी हुनुहुन्छ । छलफलको विषय खुलाइएको छैन ।
यद्यपि, समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू