रविको बयान इजलास नम्बर ६ मा

रविको बयान इजलास नम्बर ६ मा

स्वर्णलक्ष्मी सहकारी घोटालामा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान शुरु भएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास नम्बर ६ मा अहिले बयान चलिरहेको छ । उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले जिबी राई, छविलाल बन्जाडे जोशी र रविसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसूरमा मुद्दा दायर गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका रविले शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जनाएका थिए । तर, सडकमार्ग हुँदै आएका उनी शुक्रबार अदालत पुग्न भ्याएनन् । 

हिजो शनिबार परेकाले उनी आज बिहान आफैं अदालतमा उपस्थित भएका हुन् ।  स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामालाई अदालतले धरौटीमा छोडेको छ ।

टिप्पणीहरू