भारतीय राजदूत परराष्ट्रपछि अर्थ मन्त्रालयमा

भारतीय राजदूत परराष्ट्रपछि अर्थ मन्त्रालयमा
सुन्नुहोस्

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नुभएको छ । उहाँले आज बिहान साढे १० बजदेखि करिब ११ बजेसम्म मन्त्री पौडेलसँग सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेट गर्नुभएको बताइएको छ ।

यसअघि अस्ति भारतीय राजदूत परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो । शुक्रबार उहाँले सचिव अमृतबहादुर राईसँग भेट गर्नुभएको हो । कायम मुकायमको जिम्मेवारीमा रहनुभएका राई सचिव भएपछि राजदूतले अस्ति दिउँसो मन्त्रालय पुगेर भेटवार्ता गर्नुभएको हो ।

टिप्पणीहरू