धरानका मेयर 'मैमत्त' भएको पत्रकारहरुको ठहर

धरानका मेयर 'मैमत्त' भएको पत्रकारहरुको ठहर
सुन्नुहोस्

धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको नेपाल पत्रकार महासंघले निष्कर्ष निकालेको छ । 

पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रको लागि तयार पारेको एक रिपोर्टसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठित ‘मिडिया मिसन’ समितिले त्यस्तो निचोड निकालेको हो । समितिले आज अध्ययनका निष्कर्षहरु बुँदागत रुपमा सार्वजनिकसमेत गरेको छ । 

भिडियो बनाउने काममा युट्युबरहरूलाई प्रयोग गरेको पाइएको छ । व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ ।’

मेयर राईका गतिविधिहरु सामाजिक रुपमा दूरी र द्वन्द्व बढाउने खालका रहेको महांसघको ठहर छ । त्यस्तै, आफ्नो आलोचना र नगरमा भएका बेथितिबारे समाचार लेख्नेलाई गाली बेइज्जती गर्ने र समर्थकहरुबाट धम्की दिन लगाउने मेयरको कदमबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अनुकूल प्रश्न नगर्नेलाई मेयर राईले 'झोले पत्रकार' भनेर गाली गरेको जनाउँदै महासंघले भनेको छ, ‘नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युबरहरूलाई प्रयोग गरेको पाइएको छ । व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ ।’

राईको गतिविधिले पछिल्लो समय धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गराएको तथा उनको विवादास्पद भूमिकाले प्रशासनिक पारदर्शिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई प्रभाव पारेको तर्फ महासंघले चिन्ता जनाएको छ ।


 

टिप्पणीहरू