चिनियाँको अपहरण गर्ने भारतीयलाई अदालत लगिँदै

चिनियाँको अपहरण गर्ने भारतीयलाई अदालत लगिँदै
सुन्नुहोस्

चिनियाँ नागरिकलाई अपहरण गरी फर्पिङ्गको जङ्गल पुर्याउने भारतीय नागरिकहरुलाई अदालतमा उपस्थित गराइन लागेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका उनीहरुलाई आज अदालत लैजान लागिएको हो । पर्यटकीय क्षेत्र ठमेलबाट हिजो दिउँसो एक जना चिनियाँको अपहरण भएको थियो । 

चिनियाँलाई जबरजस्ती गाडीमा हालेर लगेको देखेपछि स्थानीयले प्रहरीको कन्ट्रोलमा खबर गरेसङ्गै उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर,काठमाडौंको संयुक्त टोली चिनियाँको खोजीमा परिचालन भयो । सिसीटिभीमार्फत खोजी गर्दा उनलाई फर्पिङ्गतर्फ लगेको देखियो । त्यसपछि टोली त्यसतर्फ लाग्यो । प्रहरीले चिनियाँ नागरिक यु हुआनको सकुशल उद्धार गरेको छ ।

उनलाई परिसरमा राखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए । पक्राउ परेका चार भारतीय भने कार्यालयको नियन्त्रणमा रहेको जानकारी दिए । भारतको महाराष्ट्र घर भएका आशुतोष दत्तात्रय,अमोल खारमत,आफा सरुनेश शाइक्स र अमोल शीर्षतमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ । 

‘यो विषयमा अनुसन्धान भइरहेको छ । पक्राउ परेका भारतीय नागरिक हाम्रो नियन्त्रणमा छन् । चिनियाँ नागरिक भने परिसरमा छन् । उनको सकुशल उद्धार भएको छ । पक्राउ परेकाहरुलाई हामी आज अदालतमा उपस्थित गराउँछौं’,उनले भने ।

टिप्पणीहरू