न्यायाधीश आदेश लेख्दै, अदालतबाहिर रास्वपा कार्यकर्ताको लस्कर

न्यायाधीश आदेश लेख्दै, अदालतबाहिर रास्वपा कार्यकर्ताको लस्कर

काठमाडौँ जिल्ला अदालत परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताको भीड लागेको छ । 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी रवि लामिछानेको थुनछेक बहस सकिएसँगै उनका कार्यकर्ता अदालत परिसरमा जम्मा भएका हुन् । न्यायाधीश माधव अधिकारीको इजलासमा सुनुवाई भएको उक्त मुद्दामा आजै आदेश आउने छ । अहिले न्यायाधीश अधिकारीले आफ्नो च्याम्बरको ढोका थुनेर आदेश टाइप गराउँदै छन् । 

अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा छोड्ने कुनै एक आदेश दिनेछ । रास्वपा कार्यकर्ताले सभापति छुटे जिन्दावादको र थुनामा गए मूर्दावादको नारा लगाउने सम्भवनालाई मध्यनजर गर्दै अदालत वरपर उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । 

आज लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय रमण श्रेष्ठ र सुशील पन्तले बहस गरेका थिए । उनीहरुले मुद्दाको अभियोग पत्रमै त्रुटी रहको जिकिर गर्दै लामिछानेलाई थुनामा राख्नुपर्ने कुनै आधार नभएको जिकिर गरेका छन् ।

टिप्पणीहरू