अध्यादेशको विरोधमा नबोल्न मन्त्रीहरुलाई गगनको आग्रह

अध्यादेशको विरोधमा नबोल्न मन्त्रीहरुलाई गगनको आग्रह
सुन्नुहोस्

पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कार्य समीक्षा गर्न बसेको सत्तारुढ नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठकमा अध्यादेशबारे चर्चा भएको छ । 

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भैरहँदा बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा आज बिहान बसेको बैठकमा त्यसबारे छलफल भएको हो । विगतमा अध्यादेशको चर्को विरोध गर्ने महामन्त्री गगन थापाले मन्त्रीहरुलाई अध्यादेशलाई सकारात्मक रुपमा लिन आग्रह गरे । 

सरकारले आफूहरुसँग सल्लाहमै अध्यादेश ल्याएकाले विरोध गर्न आवश्यक नरहेको उनको भनाई थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए । 

मन्त्रीहरुको छ महिने कार्यकालमा भएका कामको समीक्षा गर्न आयोजित छलफलमा सभापति देउवा, पार्टीका शीर्ष नेताहरु, १० मन्त्री र २ राज्यमन्त्रीको उपस्थिति थियो । आ-आफ्नो मन्त्रालयको कार्य प्रगति विवरण सुनाएका मन्त्रीहरुले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।
 

टिप्पणीहरू