‘व्यवस्था परिवर्तन, अवस्था उस्तै’ भन्नेलाई प्रधानमन्त्रीको जवाफ
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनसँगै धेरै क्षेत्रमा सकारात्मक विकास भएको बताउनुभएको छ । उहाँले मुलुकमा शिक्षा र स्वास्थ्यलाई आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको दाबी गर्नुभएको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै दक्ष जनशक्ति उत्पादन हेर्न सल्लाह दिनुभएको छ । उहाँले भन्नुभयो, ‘पोखरामा १४ जना बिरामीको मिर्गाैला प्रत्यारोपण हुनु विशेष उपलब्धि हो ।’
सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासको गतिलाई अघि बढाउन सकिने उहाँको निचोड छ । छिमेकी मुलुकको उदाहरण दिँदै भन्नुभएको छ, ‘चीनले छोटो समयमा त्यति धेरै जनतालाई गरिबीको रेखामुनिबाट माथि उठायो । हामीले गर्यौं भने सक्छौं ।’
आर्थिक वर्ष २०८०/२०८१ मा प्रतिष्ठानबाट एमडी र एमएसमा उतीर्ण विद्यार्थीहरु आज दीक्षित भएका छन् ।
टिप्पणीहरू