सत्ता सम्हालेपछि चीन जाने डोनाल्ड ट्रम्पको इच्छा

सत्ता सम्हालेपछि चीन जाने डोनाल्ड ट्रम्पको इच्छा

भोलिदेखि अमेरिकाको सत्ता सम्हाल्न लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै  चीन भ्रमण गर्न आफू इच्छुक रहेको संकेत गरेका छन् । उनले आगामी १०० दिनभित्र चीन भ्रमण गर्ने इच्छा सल्लाहकारहरुसँगको छलफलमा राखेका हुन् ।

द वाल स्ट्रीट जर्नलको समाचारलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले लेखेको छ, ‘तर यसबारे हालसम्म निर्णय भइसकेको छैन ।’ यसअघि सन् २०१७ मा ट्रम्प अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको एक वर्ष नपुग्दै चीन भ्रमणमा गएका थिए ।

भोलिको शपथ ग्रहण समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधिको रुपमा उपराष्ट्रपति हान चङ् सहभागी हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू