गायिका समीक्षाको आक्रोश : यसको पनि काम छैन

गायिका समीक्षाको आक्रोश : यसको पनि काम छैन
सुन्नुहोस्

गायिका समीक्षा अधिकारीले आन्तरिक वायुसेवा कम्पनी श्री एयरलायन्सको सेवाप्रति चर्को असन्तुष्टी पोखेकी छन् । बिहान ८ बजेको उडान दिउँसो २ बजेसम्म रोकिएपछि उनले सामाजिक सञ्जालमा आक्रोश पोखकी हुन् । 

यसअघि पनि श्री एयरलायन्सकै कारण कन्सर्ट छुटेको समीक्षाको आरोप छ । ‘केहि दिनअघि पनि मैले श्री एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो’, उनले लेखेकी छन्, ‘आज पनि म बिहानैदेखि काठमाडौं एयरपोर्टमै छु  । श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन ।’

कम्पनीका कर्मचारीले अन्य एयरलायन्ससँग कमिसन खाएर अस्वाभाविक रुपमा डिले गराएको हुनसक्ने समीक्षाको आशंका छ । थपेकी छन्, ‘यस्तो घटना कि त अन्य एयरलायन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स काम नै छैन ।’
 

टिप्पणीहरू