एमाले मोरङमा पनि कारबाही र राजीनामाको लहर
अन्यत्र झैँ मोरङ एमालेमा पनि कारबाही र राजीनामाको क्रम बढेकोे छ । एमाले मोरङ जिल्ला कमिटीले तत्कालीन बिराटनगर महानगरकमिटी अध्यक्ष सागर थापा, सहचिव नवराज नेपाल ‘टुप्पी’सहित वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेपछि उक्त लहर चलेको बताइन्छ । स्थानीय मानगढ खानेपानी समितिको निर्वाचनको विषयलाई लिएर कारबाही गरिएपछि राजीनामासँगै थप कारबाही अघि बढाइएको छ ।
पछिल्लो समयम एमाले बिराटनगर ३ नम्बर वडा समितिका १८ जनाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । उनीहरुले गत पुस २५ गते बसेको महानगर कमिटिको पदाधिकारी बैठकबाट भएको निर्णयप्रति असन्तुष्टि जनाउदै सामूहिक राजीनामा दिएको बताइन्छ । वडा अधिवेशन आयोजक समितिका उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम (अनुज), सदस्यहरु गौरी शंकर रेग्मी, दिलिप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुडामणी तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, विराज अधिकारी, उमा सिवाकोटीलगायतले राजीनाम दिएका हुन् ।
पार्टी नेतृत्वले विना जानकारी ३ नम्बर वडा अधिवेशन आयोजक कमिटीमा संगठित सदस्य नरहेका सन्दिप थापा, राम भट्टराई, ब्रम्हकुमारी पराजुली, श्याम पौडेल, सुशिल रेग्मी, उमा निरौला, रीता घिमिरे, अप्सरा श्रेष्ठ, तुलसी सुवेदी, कृष्ण रिजाल, स्वीकारजंग बस्नेत र तेजु कटुवाललगायतलाई समावेश गरिएको आरोप लगाएका छन् । विराटनगर कमिटीको बैठकले महानगर कमिटी सदस्यमा मनोनित गरेपछि वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटाले राजीनामा दिएका थिए । सापकोटाले वडा कमिटी अध्यक्ष लालमणि भट्टराईको कारबाही फिर्ता हुनुपर्ने माग राखेका छन् ।
एमाले मोरङमा स्थानीय नेतृत्वको चरम अभाव खड्किएको कार्यकर्ताहरुको गुनासो छ । लामो सयम एमाले मोरडको संगठन निर्माणमा सक्रिय र कुनै बेला अध्यक्ष केपी शर्मा ओली निकट नेता विनोद ढकाल यतिखेर ओली समूहबाट टाढिएका छन् । कोशी प्रदेश कमिटीमा उनलाई नियोजित रुपमा किनारमा धकेलिएको छ ।
यता मोरड एमालेको सफल नेतृत्व गरिसकेका महेश रेग्मी माधवकुमार नेपालको कृत समाजबादमिा गैसकेका छन । एक कार्यकाल अध्यक्ष रहेका ऋषिकेश पोखरेल पनि सहकारी ठगी र पिएको बदमासीमा मुछिएका छन् । मोरड एमालेको नेतृत्वमा हाल बाबुराम कार्की छन् ।
टिप्पणीहरू